सिद्धार्थ बैंकको नाफा सवा ३ अर्ब,अन्य सूचक कस्तो ?

सिद्धार्थ बैंकको नाफा सवा ३ अर्ब,अन्य सूचक कस्तो ?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सिद्धार्थ बैंककाे खुद नाफामा सामान्य सुधार भएको छ । बैंकले बुधबार सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा १२.७८ प्रतिशतले बढेको छ ।

गत आवको असार मसान्तसम्ममा बैंकले ३ अर्ब २१ करोड ९७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आवको सोही अवधिको तुलनामा ३६ करोड बढी हो । अघिल्लो आवमा बैंकले २ अर्ब ८५ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको नाफा बढ्न पुगेको हो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २७.७३ प्रतिशत बढेर ७ अर्ब ३ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, बैंकको सञ्चालन मुनाफा १३.१६ प्रतिशत बढेर ४ अर्ब ७१ करोड रुपैयाँ पुगेको छ ।

हाल १२ अर्ब ५२ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ७ अर्ब ७८ करोड र रिटेन्ड अर्निङमा १ अर्ब ६० करोड रुपैयाँ संचित छ ।

असार मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा २ अर्ब १० करोड रुपैयाँ रहेको छ। यसबाट बैंकले १७ प्रतिशत लाभांश दिने क्षमता राख्दछ ।

नाफा बढे पनि बैंकको प्रतिसेयर आम्दानी भने ३३ पैसा घटेर २५.७१ रुपैयाँमा सीमित भएको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १७४.९८ रुपैयाँ, मूल्य आम्दानी अनुपात ११.७९ गुणा, खराब कर्जा १.०३ प्रतिशत, बेसरेट ९.४५ प्रतिशत, स्प्रेडदर ४.३७ प्रतिशत र सीडी रेसियो ८७.२१ प्रतिशत रहेको छ ।

Recent Comments

No comments to show.