गायिका आस्था राउतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्रिभुवन विमानस्थलमा कार्यरत प्रहरी जवानमाथि दुर्व्यवहार गरेको आरोपमा आस्थाविरुद्द उजुरी परेको थियो । प्रहरी जवान रमिशा श्रेष्ठले गायिका राउतले आफूमाथि दुर्व्यवहार गरेको उजुरी दिएकी थिइन् ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा सुरक्षा जाँचको क्रममा प्रहरी र आस्थाबीच भएको विवाद सार्वजनिक भएको थियो । महिला कर्मचारीले अभद्र व्यवहारको निवेदन दिएपछि प्रहरीले पक्राउ गर्न जिल्ला प्रहरी कार्यालयसँगै पकाउ पुर्जी जारी गर्न माग गरिएको थियो ।
प्रतिक्रिया