काठमाण्डौं । बरिष्ठ सौन्दर्यविद् शुष्मा महरा “ राष्ट्रिय अग्रणी महिला उधमी सम्मान २०७९” बाट सम्मानित ’ बाट सम्मानीत भएकी छन् ।
आइतबार नेपाल पर्यटन बोर्डमा आयोजित निगरानी दैनिक मिडियाको प्रथम बार्षिकोत्सबको अवसरमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुंवर र गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष कुल आचार्यले संयुक्त रुपमा महरालाई उक्त सम्मानले सम्मानीत गरिएको थियो ।
नेपाल उद्योग बाणिज्य संघ काठमाण्डौंकी कोषाध्यक्ष समेत रहेकि महरालाई सौन्दर्यक्षेत्रमा पुर्याएको योगदानको उच्च मुल्याङ्कन गर्दै उक्त सम्मान गरेको निगरानी दैनिक मिडिया प्र लि ले बताएको छ ।
महरा यसअघि पनि थुप्रै विधाबाट सम्मानीत हुँदैे आएकी छन् । उनी एक सफल महिला उधमीको रूपमा परिचीत छन् । आफ्नो कामको उच्च मुल्याङ्कन गरेर गरेको सम्मानप्रति खुशि व्यक्त गर्दैे निगरानी दैनिक मिडिया प्र लि लाई धन्यबाद दिनुका साथैे थप काम गर्न उर्जा, प्रेरणा र हौसला मिलेको महराले बताएकी छन् ।
प्रतिक्रिया