सामाजिक सुरक्षा कोषमा सूचीकृत रोजगारदाता १७ हजार नाघे,२१ अर्ब २८ लाख रकम संकलन

सामाजिक सुरक्षा कोषमा सूचीकृत रोजगारदाता १७ हजार नाघे,२१ अर्ब २८ लाख रकम संकलन

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  सामाजिक सुरक्षा कोषमा १७ हजार २३० रोजगारदाता सूचीकृत प्रकृयामा सामेल भएका छन्।

सामाजिक सुरक्षा कोषको तथ्यांक अनुसार ३ लाख ४९ हजार २५२ श्रमिक कोषमा आबद्ध भएका छन् । जसबाट कोषमा अहिलेसम्म २१ अर्ब ५४ करोड योगदान रकम संकलन भएको छ ।

विभिन्न चार योजनाअन्तर्गत ४८ हजार ५८६ योगदानकर्तालाई १ अर्ब ७६ करोड ३१ लाख दाबी भुक्तानी गरिएको कोषले जनाएको छ । यो तथ्यांक साउन १२ गतेसम्मको हो ।

कोषले सबैभन्दा धेरै औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजनाको दाबी भुक्तानी गरेको छ । २१ हजार ८०७ लाभग्राहीलाई उक्त योजनाअन्तर्गत २३ करोड ७२ लाख ३७ हजार ९७२ रुपैयाँ भुक्तानी भएको छ ।

दुर्घटना तथा अशक्तता सुरक्षा योजनाबाट ९२१ लाभग्राहीलाई २ करोड ५२ लाख ९२ हजार ४६९ रुपैयाँ, आश्रित परिवार सुरक्षा योजनाबाट ३७५९ लाभग्राहीलाई ३ करोड ७४ लाख ९८ हजार ५७५ रुपैयाँ भुक्तानी लिएका छन् ।

यही अवधिसम्ममा कोषमा रु २१ अर्ब ५४ करोड योगदान संकलन भएको छ । कोषमा मासिक रुपमा आधारभूत पारिश्रमिकको २० प्रतिशत रोजगारदाता र ११ प्रतिशत श्रमिकका तर्फबाट ३१ प्रतिशत जम्मा हुँदै आएको छ ।

कोषमा मासिक रुपमा आधारभूत पारिश्रमिकको २० प्रतिशत रोजगारदाता र ११ प्रतिशत श्रमिकका तर्फबाट ३१ प्रतिशत जम्मा हुँदै आएको छ ।

कोषले ल्याएका विभिन्न योजनाप्रति योगदानकर्ताको आकर्षण बढाउन केही योजनाको परिमार्जन गरिएको छ । नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोषजस्ता निकायले बचतकर्तालाई दिएका सुविधा सामाजिक सुरक्षा कोषले पनि कार्यान्वयनमा ल्याएको छ ।

सूचीकृत योगदानकर्ताले कोषबाट विशेष सापटी, शैक्षिक कर्जा, आवाश कर्जालगायत सुविधा पाउनेछन् । २०७५ मंसिर ११ गतेदेखि सामाजिक सुरक्षा योजना सुरू गरिएको थियो ।

निजी क्षेत्रका सम्पूर्ण रोजगारदाता तथा श्रमिक समेट्ने गरी २०७६ साउन १ गतेदेखि योगदानमा आधारित सामाजिक सुरक्षा योजना औपचारिक रूपमा कार्यान्वयनमा आएको हो ।

कोषमा सूचीकृत भएका योगदानकर्ता विभिन्न कारणले ज्यान गुमाएकाहरुका परिवारलाई पेन्सनको व्यवस्था छ ।

सुरक्षा कोषले भदौ १ गतेदेखि चार किसिमका सापटी योजना कार्यान्वयनमा ल्याउने भएको छ । कोषमा योगदानकर्ता आवद्ध भएको ३६ महिना पुगेसँगै उक्त सापटी योजना कार्यान्वयनमा ल्याउन लागेको हो ।

कोषले योगदानकर्ता घर सापटी, शैक्षिक सापटी, सामाजिक कार्य सापटी र विशेष सापटी योजना कार्यान्वयनमा ल्याउन लागेको हो ।

सापटी योजनामा आवद्ध हुनका लागि योगदानकर्ताले नियमित ३६ महिनासम्म योगदान रकम कोषमा जम्मा गरेको हुनुपर्ने छ ।

कोषले योगदानकर्ता घर सापटी योजनामा नयाँ घर निर्माण गर्न, आफ्नो स्वामित्वमा रहेको घरमा तला थप्न तथा मर्मत गर्न, संयुक्त आवासमा युनिट खरिद गर्न र घर खरिद गर्न सापटी प्रदान गर्नेछ । यस्तो सापटी अधिकतम ७५ लाख रूपैयाँसम्म लिन पाइने छ । तर, योगदानकर्ताको १५ वर्षको तलब र ६० वर्ष उमेर पुग्न बाँकी कार्य अवधिको तलब पनि हिसाब गरेर सापटी उपलब्ध गराइने जनाइएको छ।

Recent Comments

No comments to show.