सिटिजन्स बैंकले उपत्यकामा खोल्यो ३ नयाँ शाखा

सिटिजन्स बैंकले उपत्यकामा खोल्यो ३ नयाँ शाखा

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा काठमाडौं उपत्यकामा थप ३ नयाँ शाखा संचालनमा ल्याएको छ ।

बैंकले भक्तपुरको सूर्यविनायक, काठमाडांैको धुम्बराही र ललितपुरको थसिखेल गरी थप ३ वटा शाखाहरु संचालनमा ल्याएको हो ।

यससंगै काठमाडौं उपत्यका भित्र बैंकको शाखा ३५ वटा पुगेको छ भने कुल शाखा संख्या १८० पुगेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेले प्रुडेन्ट बैंकिङ्ग र सुशासनमा कुनै सम्झैता नगरी काम गर्न सम्पूर्ण कर्मचारीहरुलाई बैंकमा आयोजित नयाँ शाखाहरु आरम्भ समारोहमा बताए ।

सुविधा सम्पन्न यस शाखाहरु मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंङ  सेवा प्रदान गर्नुका साथै साना तथा कर्पोरट व्यवसायीहरुमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य बैंकले राखेको छ ।

सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, लकर सेवा, एटीएम सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लगायतका वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई प्रदान गर्ने प्रतिबद्धता बैंकले जनाएको छ ।

बैंकले आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासिक सम्ममा २ अर्ब २५ करोड खुद नाफा कमाएको छ । सो अवधिसम्म १ खर्ब ५५ अर्ब निक्षेप संकलन गरी १ खर्ब ३६ अर्ब कर्जा प्रवाह गरेको छ ।

बैंकले हाल देशभरका १८० वटा शाखा, १३१ वटा एटीएम र ९६ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १४ लाख ७१ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

Recent Comments

No comments to show.