आर्थिक मन्दी भोग्दै अमेरिका, मूल्यवृद्धि ४० वर्षयताकै सर्वाधिक विन्दुमा

आर्थिक मन्दी भोग्दै अमेरिका, मूल्यवृद्धि ४० वर्षयताकै सर्वाधिक विन्दुमा

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

न्यूयोर्क । नेपालको अर्थतन्त्र धरासायी बन्दै गएको भन्दै राजनीतिज्ञ तथा अर्थशास्त्रीबीच बहस भइरहेको समयमा अमेरिकाले मूल्यवृद्धिको नयाँ रेकर्ड कायम गरेको छ । यो मुलुकले अहिले ४० वर्षयताकै धेरै मूल्यवृद्धिको सामना गरिरहेको समाचार एजेन्सीहरुले बताएका छन् ।

बढ्दो मूल्यवृद्धिका बीच अमेरिकी केन्द्रि बैंक फेडरल रिजर्वले पुनः ब्याजदर बढाउने निर्णय गरेको हो । बैंकले ०.७५ प्रतिशतले ब्याजदर बढाएको समाचारमा उल्लेख छ । अब आन्तरिक ऋण लिने क्रममा २.२५ प्रतिशतको ब्याजदर वृद्धि गरी २.५० प्रतिशत पुर्याएको हो ।

बैंकले आगामी दिनमा अझ बढी हुने मूल्य वृद्धि नियन्त्रण गर्न समेत अहिले ब्याजदर बढाउनु परेको तर्क गरेको छ ।

रुस र युक्रेन युद्धका कारण संसारभरका साना तथा ठूला सबै मुलुकले यतिबेला मूल्यवृद्धिको सामाना गरिरहेका छन् । जसले अर्थतन्त्र संकुचन हुने अवस्था आएको हो । कोरोना महामारीका बेला समेत परिस्थितिलाई सहजै पार लगाएका ठूला मुलुकले यो संकट कसरी पार गर्छन, त्यो भने हेर्न बाँकी छ ।

Recent Comments

No comments to show.