अन्डरवेयरमा डेढ किलो सुन, शंकास्पद गतिविधि गरेपछि पक्राउ

अन्डरवेयरमा डेढ किलो सुन, शंकास्पद गतिविधि गरेपछि पक्राउ

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भित्रीवस्त्र (अन्डरवेयर)मा लुकाएर डेढकिलो भन्दा बढी सुन भित्र्याउन लागेका एक भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा दुबईबाट काठमाडौं अवतरण गरेका युसुफ हरून छन्।

फ्लाई दुबईको उडानद्वारा आएका युसुफको गतिविधि शंकास्पद देखिएपछि उनलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट नियन्त्रण लिएको हो। उनको शरीर जाँच गर्दा भित्रीवस्‍त्रमा अर्धठोस सुनको पोका थान-२ (दुई) को भेटिएको थियो। उक्त सुनको तौल १ हजार ६१० ग्राम भएको बताइएको छ।

युसुफमाथि अनुसन्धान एवं कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको प्रहरीले जानकारी दिएको छ।

Recent Comments

No comments to show.