उपत्यकाका तीनसहित नुवाकोटको ककनीमा समेत देखियो हैजा

उपत्यकाका तीनसहित नुवाकोटको ककनीमा समेत देखियो हैजा

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  काठमाडौं उपत्यकाको तीन जिल्लासहित नुवाकोटको ककनीमा समेत हैजाको संक्रमित भेटिएका छन् ।  इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार चार जिल्लाका ३६ जनामा हैजा  संक्रमण पुष्टी भएको हो । 

काठमाडौंकै चन्द्रागिरि, कीर्तिपुर र बूढानीलकण्ठ, ललितपुरको महालक्ष्मी, भक्तपुरको सूर्यविनायक र चाँगुनारायण नगरपालिकामा पनि हैजा संक्रमण भेटिएको हो ।  

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार काठमाडौंकै कागेश्वरी मनोहरा नगरपालिकामा आठ, गोकर्णेश्वरमा दुई, चन्द्रागिरिमा दुई तथा नागार्जुन, बूढानीलकण्ठ र कीर्तिपुर नगरपालिकामा एकरएकजनामा हैजा संक्रमण देखिएको छ ।

यस्तै, ललितपुरको ललितपुर महानगरपालिकामा तीन र महालक्ष्मी नगरपालिकामा एकजनामा हैजा पुष्टि भएको छ ।

भक्तपुरको चाँगुनारायण र सूर्यविनायक नगरपालिकामा एकरएकजनामा हैजा देखिएको छ । नुवाकोटको ककनी गाउँपालिकामा पनि एकजनामा हैजा संक्रमण पुष्टि भएको महाशाखाले जनाएको छ ।

उपत्यकाका धेरै ठाउँमा हैजा फैलिसकेको छ । तर, सरकारले हैजाबाट बच्न सतर्कता अपनाउन आग्रह गरेको छ ।

पहिलो पटक काठमाडौंको बागबजार क्षेत्रमा असार २ गते दुई जनामा हैजा देखिएको थियो। त्यसपछि बिरामीको संख्या बढ्दै आएको छ।

काठमाडौं, ललितपुर महानगरले पानीपुरी, चटपटेलगायत सडकमा बेचिने खानेकुरामा प्रतिबन्ध लगाएको छ।

Recent Comments

No comments to show.