जनार्दन शर्मा छानविन प्रकरण :प्रहरीले बुझायो जेठ १४ गतेको सीसीटीभी फुटेज

जनार्दन शर्मा छानविन प्रकरण :प्रहरीले बुझायो जेठ १४ गतेको सीसीटीभी फुटेज

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  नेपाल प्रहरीको फरेन्सिक ल्याबले बजेट तर्जुमामा अनधिकृत व्यक्ति प्रवेशबारे छानबिन गरिरहेको संसदीय समितिलाई अर्थ मन्त्रालयको सीसीटीभी फुटेजसम्बन्धी प्रतिवेदन बुझाएको छ। 

मंगलबार बिहान बसेको समितिको बैठकमा नेपाल प्रहरीको अपराध अनुसन्धान विभागको केन्द्रीय प्रहरी डिजिटल फरेन्सिक विज्ञान प्रयोगशालाले प्राप्त भएको रिपोर्ट र भिडियोका फुटेज बुझाएको हो। 

बैठकमा फरेन्सिक ल्याबबाट प्राप्त शिलबन्दी गरेको हार्डडिस्कको रिपोर्ट खोलिएको हो। पूर्वअर्थमन्त्री जनार्दन शर्माले अनधिकृत व्यक्तिको प्रवेशबाट बजेट बनाएको आरोपमा गठित संसदीय विशेष छानविन समितिलाई अर्थ मन्त्रालयले दिएको हार्डडिक्समा जेठको भिडियो नभेटिएपछि रिकभर गर्न समितिले प्रहरी विधि विज्ञान प्रयोगशालामा पठाइएको थियो। 

बैठकपछि संसदीय विशेष छानविन समितिका एक सदस्यले भने,‘सीसीटिभी रिकभर भयो भनेर प्रहरीले पत्र पठाएको छ। साथमा सीसीटिभीका फुटेजहरु पनि छ तर एक सेकेण्ड जति झिलिक्क देखिन्छ, त्यसपछि पूरै खाली(कालो आउँछ । पुन : झिलिक्क देखिन्छ त्यसपछि फेरि खाली भएको पाइएको छ। मान्छेहरूको अनुहार प्रष्ट चिनिएको छैन।’  

उनका अनुसार जुन प्रयोजनका लागि अनुसन्धानको गरिएको हो भिडियोमा त्यस विषय प्रष्ट हुन सकेको छैन । उनले भने, ‘भिडियो अस्पष्ट भएकाले फरेन्सिक ल्याबका सम्बन्धित विज्ञहरुसँग सहयोग आवश्यक भएको छ। समितिले बेलुका ४ बजे फरेन्सिक विज्ञसँग परामर्श गर्ने निर्णय गरेको छ। त्यसपछि थप जानकारी हुन्छ।’ 

बजेट निर्माणका दिन गत जेठ १४ गते मध्यरात अनाधिकृत व्यक्तिलाई सम्लग्न गराइएको र करको दर हेरफेर गरिएको आरोप तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि लागेको थियो । सोही आरोपमाथि छानबिन गर्न संसदीय विशेष छानबिन समिति गठन गरिएको थियो ।

Recent Comments

No comments to show.