राप्रपा नेपालले गाई चुनाव चिन्ह प्रदान गर्न सर्वोच्च अदालतको अन्तरिम आदेश

राप्रपा नेपालले गाई चुनाव चिन्ह प्रदान गर्न सर्वोच्च अदालतको अन्तरिम आदेश

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । सर्वोच्च अदालतले कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाललाई गाई चुनाव चिन्ह प्रदान गर्न निर्वाचन आयोगका नाममा अन्तरिम आदेश जारी गरेको छ।

न्यायाधीशद्वय आनन्द मोहन भट्टराई र कुमार चुँडालको संयुक्त इजलासले आज आइतबार सो आदेश दिएको हो। निर्वाचन आयोगले देशको राष्ट्रिय जनावर र हिन्दू धर्मसँग जोडिएको भन्दै गाई चुनाव चिन्ह दिन अस्वीकार गरेपछि राप्रपा नेपालका अध्यक्ष थापाले सर्वोच्चमा रिट हालेका थिए।

सर्वोच्चको आदेशपछि ट्विट गर्दै अध्यक्ष थापाले राप्रपा नेपालले न्याय पाएको बताएका छन्।

Recent Comments

No comments to show.