काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै सेयर कर्जाको सीमामा केही परिमार्जन गरेको छ।
राष्ट्र बैंकले शेयर कर्जामा लगाउदै आएको ४ करोडको सीमा हटाएको छ । चालू आर्थिक वर्षको मौद्रिक नीतिबारे सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले यस्तो जनाएका हुन् ।
यसअघि एउटा बैंक तथा वित्तीय संस्थाबाट ४ करोड र सबै बैंक तथा वित्तीय संस्थाबाट १२ करोड रुपैयाँ सम्मको समिा राखिएको थियो।
उक्त व्यवस्थामा ४ करोडको सीमा हटाएर सबै बैंक तथा वित्तीय संस्थाबाट १२ करोड रुपैयाँसम्म मात्र लिन पाउने व्यवस्थालाई निरन्तरता दिइएको राष्ट्र बैंकले गरेको हो ।
यस्तै, २५ लाख रुपैयाँ भन्दा कमको शेयर कर्जामा जोखिम भार १ सय प्रतिशत बनाइएको छ भने त्यो भन्दा बढी रकमको कर्जामा जोखिम भार १५० प्रतिशत नै कायमै राखिएको छ ।
यस्तो छ चालु आवको मौद्रिक ननीतिको पूर्णपाठ
प्रतिक्रिया