यामाहा मोटरसाइकल र स्कुटरको मूल्य बढ्यो, कुनमा कति ?

यामाहा मोटरसाइकल र स्कुटरको मूल्य बढ्यो, कुनमा कति ?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । यमाहा मोटरसाइकल विक्रेता कम्पनी एमएडब्ल्यु इनटरप्राइजेजले स्कुटर तथा मोटरसाइकलको मूल्य बढेको जनाएको छ। यामाहा सलुटो र एमटी–१५ को मूल्य १२ हजार र एफजेड भी३ तथा रे जेडआर १२५ स्कुटरमा १० हजार रुपैयाँले मूल्य वृद्धि भएको छ ।

अब सलुटोको मूल्य २ लाख ४६ हजार ९ सय पुगेको छ भने एमटी–१५ को मूल्य ४ लाख ८३ हजार ९ सय पुगेको छ । त्यसैगरी एमटी–१५ बीएस६ को मूल्य ४ लाख ९३ हजार ९ सय पुगेको छ ।

एफजेड भी३ स्मार्ट कनेक्टको मूल्य ३ लाख ९४ हजार ९ सय र डार्क नाइटको मूल्य ३ लाख ९९ हजार ९ सय छ भने रे जेडआर १२५ स्कुटर ड्रमको मूल्य २ लाख ६१ हजार ९ सय र र्‍यालीको मूल्य २ लाख ८९ हजार ९ सय रुपैयाँ छ ।

यस्तै यामाहा एफजेड एफआईको मूल्यमा ८ हजार रुपैयाँ बढेको छ भने रेजेड स्कुटरको मूल्यमा ५ हजार रुपैयाँले वृद्धि भएको छ । यसका अन्य मोटरसाइकल वा स्कुटरको मूल्य भने यथावत रहेको छ ।

Recent Comments

No comments to show.