नेपाल बैंक र नेपाल रेमिट इन्टरनेशनलबीच रेमिट्यान्स सम्झौता

नेपाल बैंक र नेपाल रेमिट इन्टरनेशनलबीच रेमिट्यान्स सम्झौता

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल बैंक लिमिटेड र नेपाल रेमिट इन्टरनेसनल प्रा. लि.बीच रेमिट्यान्स सम्झौता भएको छ ।

एक कार्यक्रमकाबीच नेपाल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र नेपाल रेमिट इन्टरनेसनलका तर्फबाट अध्यक्ष रितेश मित्तलले सो सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

नेपाल रेमिट इन्टरनेसनलमार्फत आएको रेमिट्यान्स् नेपाल बैंकको सम्पूर्ण सम्पूर्ण शाखाहरू, एक्सटेन्सन काउन्टर तथा बैंकका सव एजेन्टले भुक्तानी गर्ने सम्झौता भएको बैंकले जनाएको छ ।

यस सम्झौतामार्फत देश तथा विदेशमा रहेका सम्पूर्ण ग्राहकहरूले सहज र सुलभ तरिकाले रेमिट्यान्स कारोबार गर्न सकिने बिश्वास लिइएको छ ।

नेपालभर २१९ शाखाहरू, १८२ एटिएमका साथै ४७ ओटा एक्सटेन्सन काउन्टरमार्फत करिब २१ लाख ग्राहकहरूलाई वित्तीय सेवा पुर्याईरहेको उक्त बैंकले हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ प्रविधि मार्फत बैकिङ सेवा सुविधा प्रदान गर्दै प्रतिस्पर्धि रूपमा अगाडि बढिरहेको छ ।

बैंकले छिटोछरितो र गुणस्तरीय ग्राहक सेवामा जोड दिई युवा जनशक्तिमार्फत् नेपालभर बैंकिङ सेवा प्रदान गरिरहेको छ । दक्ष व्यवस्थापन, युवा कर्मचारी र आधुनिक प्रविधीको समुचित प्रयोग भएसंगै आम नेपालीमा नेपालको पहिलो बैंक नेपाल बैंकप्रतिको आकर्षण दिन प्रतिदिन बढ्दै गएको देखिन्छ।

Recent Comments

No comments to show.