नेटफ्लिक्सले गुमायो १० लाख ग्राहक, नवीकरण नगर्नेमा अमेरिका र युरोपका प्रयोगकर्ता

नेटफ्लिक्सले गुमायो १० लाख ग्राहक, नवीकरण नगर्नेमा अमेरिका र युरोपका प्रयोगकर्ता

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेटफ्लिक्सले दुई महिनामा १० लाख ग्राहक गुमाएको तथ्यांक सार्वजनिक गरेको छ ।

काठमाडौं । ओटीटी डिजिटल प्लेटफर्म नेटफ्लिक्सले दुई महिनामा १० लाख ग्राहक गुमाएको छ । कम्पनीले पछिल्लो दुई महिनामा १० लाख ग्राहक गुमाएको तथ्यांक सार्वजनिक गरेको हो ।

कम्पनीले आउँदा महिनामा पनि उति नै संख्यामा ग्राहक गुम्ने प्रक्षेपण गरिएको बीबीसीले जनाएको छ । १० वर्षयता पहिलोपल्ट नेटफ्लिक्सले आफ्ना ग्राहक गुमाएको हो ।

नेटफ्लिक्सको सेवा नवीकरण नगर्ने ग्राहकहरूमा अमेरिका र क्यानडा र युरोपका प्रयोगकर्ता बढी छन्। नेटफ्लिक्सले मनोरञ्जनको माध्यममा परिवर्तन गरेको थियो। त्यसैको कारण लामो समय वर्चश्व कायम राख्न सफल पनि भयो। सन् २०२० मा कोरोना महामारीका कारण मानिसहरू घरभित्रै रहँदा प्रयोगकर्ता बढेका पनि थिए।

महामारीकै समयमा नेटफ्लिक्सबाट ‘स्कविड गेम’ र ‘द क्राउन’ प्रसारण भएका थिए। कम्पनीले यसमा रुसको तथ्यांक समावेश नगरिएको जनाएको छ ।

सबै अनुमान विपरित कम्पनीले ग्राहक गुमाएको हो । नेटफ्लिक्सले प्रतिस्पर्धा बढ्नु र पासवर्ड बाँडीचुँडी हेर्न मिल्ने व्यवस्थालाई ग्राहक घट्ने मुख्य कारण मानेको छ ।

कम्पनीले ग्राहक लोभ्याउने अन्तिम हतियार नै कन्टेन्ट भएको बताउँदै यो सालका १८ अर्ब डलर फिल्म तथा सिरिजमा खर्चमा गर्ने लक्ष्य लिएको छ ।

नेटफ्लिक्ससँग हाल विश्वभरबाट २२० मिलियन ग्राहक छन्। त्यसबाट उसले अप्रिलदेखि जुनसम्मको त्रैमासिकमा ७.९ अर्ब अमेरिकी डलर आर्जन गरेको छ। यसअघि उसको आम्दानी यति समयमा १०अर्ब डलर हुन्थ्यो। -एजेन्सी 

Recent Comments

No comments to show.