पिपुल्स पावरको आइपीओ भर्ने आज अन्तिम दिन

पिपुल्स पावरको आइपीओ भर्ने आज अन्तिम दिन

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पिपुल्स पावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि निष्कासन गरेको साधारण शेयर (आईपीओ)मा आवेदन दिने आज बिहीबार अन्तिम दिन रहेको छ।

कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्य दरले ६ करोड ३२ लाख ६० हजार रुपैयाँ बराबरको ६ लाख ३२ हजार ६०० कित्ता सेयर निष्काशन गरेको हो। सोमध्ये अति प्रभावित क्षेत्र इलाम नगरपालिका वडा नं. १ र ४ का बासिन्दाहरुका लागि १ लाख ८९ हजार ७८० कित्ता र इलाम जिल्लाबासीका लागि ४ लाख ४२ हजार ८२० कित्ता छुट्याइएको छ ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । स्थानीयले प्रभु बैंकको सन्दुकपुर र इलाम शाखा, ग्लोबल आइएमई बैंकको फिक्कल र इलाम शाखा, नेपाल बंगलादेश बैंकको फिक्कल शाखा, प्राइम कमर्शियल बैंकको राँके, मंगलबारे, वितौले, तिनघरे र इलाम शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। साथै नेपाल धितोपत्र बोर्डबाट सी आस्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सक्नेछन्।

कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। कम्पनीको आइपीओलाई रेटिङ एजेन्सी केयर रेटिङ नेपालले ‘केयर एनपी डबल बी इस्यूअर’ रेटिङ दिएको छ । यसले दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउँदछ ।

कम्पनीले इलाम जिल्लाको इलाम नगरपालिका–१ र ४ मा पर्ने पुवा खोलामा ४।९६ मेगावाट क्षमताको पुवा–२ जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

Recent Comments

No comments to show.