घटेर आउँदा पनि मूल्य समायोजन गर्न निगमको आनाकानी, अझै मासिक घाटा ४ अर्ब ३२ करोड

घटेर आउँदा पनि मूल्य समायोजन गर्न निगमको आनाकानी, अझै मासिक घाटा ४ अर्ब ३२ करोड

Actpro

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  इण्डियन आयल कर्पोरेशन (आईओसी) ले नेपाल पठाउने पेट्रोलियम पदार्थको मूल्य  घटेर आएको छ ।

नेपाल आयल निगम (एनओसी) ले दिएको जानकारी अनुसार शनिवार पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको हो ।

नयाँ मूल्यसूचीमा पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा र डिजल प्रतिलिटर १६ रुपैयाँ ५६ पैसा घटेर आएको छ ।

आईओसीले अहिले घटाएर पठाए पनि यसअघिको नोक्सानीको असर परिरहेकाले सोनुरुप नेपालमा तत्काल तेलको मूल्य नघट्ने निगम स्रोतले जनाएको छ ।

नोक्सानी बढेकै कारण आयल निगमले हाल आईओसीलाई ३१ अर्ब २० करोड रुपैयाँ तिर्न बाँकी छ । सो ऋण रकम तिर्न निगमले वाणिज्य बैंक र सरकारबाट करिब १० अर्ब ऋण लिँदैछ ।

अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घट्न थालेको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेपछि भारतीय आयल कर्पोरेशनले पनि शनिवारबाट नेपाललाई मूल्य घटाएर विक्री सुरु गरिसकेको छ । तर नेपाल आयल निगमले भने मूल्य समायोजनतर्फ चासै दिएको छैन ।

असार ३२ गते शनिवारबाट नेपाल आयल निगमले भारतीय आयल कर्पोरेशनसंग पेट्रोल प्रतिलिटर एक सय १७ रुपैंयाा ४२ पैसामा र डिजल एक सय ३७ रुपैंयाा ३६ पैसामा खरिद गरिरहेको छ ।

 पेट्रोलमा १५ र डिजलमा १६ रुपैंयाामा मूल्य घटेर आएपनि मूल्य समायोजन नगरिदा उपभोक्ता मारमा परेका छन् । घटेर आएको मूल्य अनुसार निगमलाई मासिक रुपमा ४ अर्ब ३२ करोड र पाक्षिक २ अर्ब १६ करोड रुपैयाँ घाटा रहेको जनाएको छ ।

Recent Comments

No comments to show.