राप्ती हाइड्रोको आइपीओमा ८ गुणा बढी पर्यो आवेदन

राप्ती हाइड्रोको आइपीओमा ८ गुणा बढी पर्यो आवेदन

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं  ।  राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनको आइपीओमा १ अर्ब ७२ करोड ६५ लाख १५ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार अन्तिम दिन साँझ ५ बजेसम्ममा आइपीओमा १ अर्ब ७२ करोड ६५ लाख १५ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।

१५ लाख ३८ हजार ६८८ जनाले १ करोड ७२ लाख ६५ हजार १५० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा ७.९३ गुणा बढी आवेदन हो । यद्दपि, अन्तिम तथ्यांक आउन बाँकी भएकाले सामान्य तलमाथि हुने सक्नेछ ।

कम्पनीले असार २९ गतेदेखि विक्रीमा ल्याएको प्रतिकित्ता १०० रुपैयाँ दरले २३ करोड ६६ लाख २४ हजार रुपैयाँ बराबरको २३ लाख ६६ हजार २४० कित्ता शेयर विक्रीमा ल्याएको थियो ।

निष्काशित कुल शेयर मध्ये ७० हजार ९८८ कित्ता कम्पनीका कर्मचारी र १ लाख १८ हजार ३१२ कित्ता सामूहिक लगानी कोषको लागि र बाँकी २१ लाख ७६ हजार ९४० कित्ताका लागि सर्वसाधरणको लागि छुट्टाएको थियो ।

कम्पनीको शेयर निष्काशन तथा विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ भने सह निष्काशन तथा विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीको आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले इक्राएनपी आइआर बी रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।

Recent Comments

No comments to show.