काठमाडौं । भारतीय आयल कर्पोरेशन (आईओसी) ले नेपाल आयाल निगमलाई नयाँ मूल्यसूची पठाएको छ । निगमले पठाएको नयाँ मूल्यसूची अनुसार इन्धनको मूल्य घटेर आएको छ ।
नयाँ मूल्य सूचीअनुसार पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा र डिजेल प्रतिलिटर १६ रुपैयाँ ५६ पैसा घटेर आएको छ । नोक्सानी बढेकै कारण आयल निगमले हाल आईओसीलाई ३१ अर्ब २० करोड रुपैयाँ तिर्न बाँकी छ ।
सो ऋण रकम तिर्न निगमले वाणिज्य बैंक र सरकारबाट करिब १० अर्ब ऋण लिँदैछ । हाल अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारेल १ सय डलर आसपासमा झरेको छ । एक महिनाअघि प्रति ब्यारेल १२० डलरभन्दा माथि थियो ।
प्रतिक्रिया