काठमाडौं । अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ ।
नेपाल राष्ट्र बैंकले शनिवारको लागि सार्वजनिक गरेको विनिमयदर अनुसार १ अमेरिकी डलरको बिक्रीदर १२८ रुपैयाँ ११ पैसा तोकिएको छ ।
यो नै हालसम्मको उच्च भाउ हो । सोही दिन एक अमेरिकी डलरको खरिद दर १२७ रुपैयाँ ५१ पैसा छ ।
यूरो एकको खरिददर १२८ रुपैयाँ १९ पैसा र बिक्रीदर १२८ रुपैयाँ ७९ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
यसैगरी अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ १५ पैसा र बिक्रीदर ८६ रुपैयाँ ५५ पैसा रहेको छ ।
त्यसैगरी, एक कतारी रियालको खरिददर ३४ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३४ रुपैयाँ ८७ पैसा रहेको छ ।
एक बहराईन दिनारको बिक्री मुल्य ३३९ रुपैयाँ ८४ पैसा र खरिददर ३३८ रुपैयाँ २५ पैसा रहेको छ ।
भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ।
प्रतिक्रिया