अप्पर सोलु हाइड्रोको आइपीओ बाँडफाँट, यहाँबाटै सजिलै हेर्नुहोस् नतिजा

अप्पर सोलु हाइड्रोको आइपीओ बाँडफाँट, यहाँबाटै सजिलै हेर्नुहोस् नतिजा

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडको प्राथमिक साधारण सेयर (आइपीओ) बाँडफाँट भएको छ । कम्पनीले शेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनएमबीले बिहान आइपीओ बाँडफाँट गरेको हो ।

क्यापिटलका अनुसार गोलाप्रथाबाट १ लाख ८२ हजार ४७ जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् भने भाग्यमानी ५ जनाले थप १ कित्ता शेयर पाएका छन् । आवेदन दिएका १२ लाख ६४ हजार ९३८ जनाको भने हात रित्तो भएको छ ।

क्यापिटलका अनुसार आइपीओमा १४ लाख ४६ हजार ९ सय ८५ जनाले १ करोड ६१ लाख ८६ हजार ५ सय ५० कित्ताको लागि आवेदन दिएका थिए ।

जस मध्ये १ हजार ७ सय ९१ जनाको आवेदन रद्द भएको छ । योग्य रहेका १४ लाख ४५ हजार १ सय ९४ जनालाई गोलाप्रथामा समावेश गराएर शेयर बाँडफाँड गरिएको छ ।

जस अनुसार १ लाख ८२ हजर ४७ जनाले मात्र शेयर पाएका छन् । जस मध्ये ५ जनाले ११ कित्ता शेयर पाएका छन् भने बाँकिले १० कित्ताको दरले शेयर पाएका छन् । यस हिसाबमा आवेदन दिएका मध्ये १२ लाख ६४ हजार बढी आवेदक हात खाली भएका छन् ।

कम्पनीले सोलुखुम्बुमा २३.५ मेगावाटको सोलु हाइड्रोपावर आयोजना निर्माण सम्पन्न गरि विद्युत उत्पादन गरिरहेको छ भने सोलुखुम्बु मै २.८ मेगावाटको सिसा खोला ए आयोजना निर्माण गरिरहेको छ।

कम्पनीले असार २० गतेदेखि प्रतिकित्ता १०० रुपैयाँका दरले विक्रीमा ल्याएको १९ करोड ५७ लाख ५० हजार रुपैयाँ बराबरको १९ लाख ५७ हजार ५०० कित्ता आइपीओ विक्रीमा ल्याएको थियो ।

कहाँबाट हेर्ने रिजल्ट ?

कम्पनीको आइपीओको रिजल्ट ३ ठाउँबाट हेर्न सकिने छ । लगानीकर्ताले https://iporesult.cdsc.com.np/ मा गएर १६ अंकको डिम्याट नम्बर हालेपछि सजिलै हेर्न सक्नेछन् ।

यसैगरी, विक्री प्रबन्धक एनएमबी क्यापिटलको वेबसाइट र अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीको वेबसाइटबाट पनि नतिजा हेर्न सकिनेछ । यद्यपि, भर्खरै मात्र आइपीओ बाँडफाँड भएकाले नतिजा आउन केही समय लाग्ने जनाइएको छ ।

Recent Comments

No comments to show.