हिमालयन बैंकमा गाभियो सिभिल, स्वाप रेसियो कति ?

हिमालयन बैंकमा गाभियो सिभिल, स्वाप रेसियो कति ?

Actpro

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं  । हिमालयन बैंकमा सिभिल बैंक गाभिने भएको छ । दुई
बैंकले बुधबार एक कार्यक्रमबीच प्रारम्भिक समझदारी पत्र (एमओयू) मा
हस्ताक्षर गरेका हुन् ।

सम्झौतामा हिमालयन बैंकका तर्फबाट अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ र
सिभिल बैंकका तर्फबाट अध्यक्ष प्रतापजंग पाण्डेले हस्ताक्षर गरेका छन् ।

दुई बैंकले १००ः८१ को अनुपात स्वाप रेसियो हुने गरी सम्झौता गरेका हुन् ।
अर्थात सिभिल बैंकको १०० कित्ता सेयर हुनेले हिमालयन बैंकको ८१ कित्ता
सेयर पाउने छन् ।

सम्झौतासँगै सिभिल बैंकको सेयर कारोबार भने रोक्का हुनेछ। हिमालयनले सिभिल प्राप्ति गरेपछि चुक्ता पुँजी २२ अर्ब हुनेछ।

सिभिल बैंकको हालको कुल चुक्ता पुँजी ९ अर्ब ७ करोड ५८ लाख ४४ हजार
रुपैयाँ छ भने हिमालयन बैंकको १२ अर्ब ९६ करोड ८७ लाख २५ हजार रुपैयाँ छ ।

मर्जपछि बन्ने बैंकको नाम हिमालयन बैंक नै हुनेछ ।

सीईओ हिमालयनका अशोक राणा नै रहने छन् भने डेपुटी सीईओ भने सिभिलका
सीईओले पाउने छन्। सञ्चालक समिति पनि हिमालयन बैंकको सञ्चालक समितिले
हाललाई निरन्तरता पाउने छन् ।

२०७८ वैशाखमा नेपाल इन्भेष्टमेन्ट र हिमालयन बैंकबीच मर्जरमा जाने
प्रारम्भिक सहमति भए पनि स्वाप रेसियो लगायका विषयमा विवाद भएपछि उक्त
मर्जर असफल भएको थियो ।

नेपाल इन्भेष्टमेन्ट बैंंकले मेगा बैंकसँग प्रारम्भिक सम्झौता गरिसकेको छ ।

Recent Comments

No comments to show.