वाणिज्य बैंकहरुमा एक सातामै थपियो ६२ अर्ब निक्षेप, कर्जा लगानी १० अर्बले घट्यो

वाणिज्य बैंकहरुमा एक सातामै थपियो ६२ अर्ब निक्षेप, कर्जा लगानी १० अर्बले घट्यो

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । वाणिज्य बैंकहरुमा अघिल्लो साता कूल निक्षेप ६२ अर्बले बढ्दा कर्जा लगानी १० अर्बले घटेको छ । 

नेपाल बैंकर्स संघले आज प्रकाशित गरेको तथ्याङ्क अनुसार असार २४ गतेसम्म कूल निक्षेप बढेर ४४ खर्ब ९४ अर्ब पुगेको छ । असार १७ गतेसम्म  भने कूल निक्षेप ४४ खर्ब ३२ अर्ब पुगेको थियो । 

जेठ मसान्तसम्म भने कूल निक्षेप ४४ खर्ब थियो । यसरी हेर्दा असार महिना लागेपछिको २४ दिनमा कूल निक्षेप ९४ अर्बले बढेको छ । बैशाख मसान्तसम्म उक्त निक्षेप ४३ खर्ब ७० अर्ब थियो । 

यसैगरी असार २४ गतेसम्म कूल कर्जा लगानी घटेर ४१ खर्ब ७४ अर्बमा झरेको छ । 

असार १७ गतेसम्म कूल कर्जा लगानी घटेर ४१ खर्ब ८४ अर्ब थियो ।  

जेठ मसान्तसम्म भने कर्जा लगानी ४१ खर्ब ९३ अर्ब थियो । यसरी हेर्दा असार महिना लागे पछिको २४ दिनमा कूल कर्जा लगानी १९ अर्बले घटेको छ । बैशाख मसान्तसम्म उक्त कर्जा लगानी ४१ खर्ब ९१ अर्ब थियो ।   

Recent Comments

No comments to show.