<strong>पप्पु गुरुङ्ग</strong>
दोधारा । दोधारा चाँदनीको बादी बस्तीलाई नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) ले सहयोग गरेको छ् ।
दोधारा चाँदनी नगरपालिका वडा नं. ३ बडवाल टोलका बादी बस्तीलाई नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) ले त्रिपाल, ब्लेङकट, साबुन, तौलिया, झुल, भाडाकुडा, कपडा लगाएत सामग्री सहयोग गरेको दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले जनाएका छन् । दोधारा चाँदनी नगरपालिकाको बडवाल टोलमा आयोजित एक कार्यक्रमको बिच ७ घरधुरी बादी परिवारलाई त्रिपाल, ब्लेङकट, साबुन, तौलिया, झुल, भाडाकुडा, कपडा लगाएत सामग्री हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बु, उपमेयर गंगा जोशी, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) का कार्यकारी निर्देशक अशोक बिक्रम जैरु, दोधारा चाँदनी नगरपालिका वडा नं. ३ का वडाध्यक्ष हरि सिंह धनाडी, वडा नं. ८ का वडाध्यक्ष ओंम प्रकाश रोकाया लगाएत गणेश आधारभुत बिद्यालयका शिक्षक तथा स्थानियहरुको बाक्लो उपस्थिती रहेको थियो । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) कञ्चनपुरले बडवाल टोलका रेशम बादी, रंगलाल बादी, बिरभाने बादी, शेर सिंह बादी, बिस्ने बादी, बुदेराम बादी र प्रकाश बादीलाई उक्त सहयोग सामग्री उपलब्ध गराएको हो ।
बिगत लामो समय देखि त्रिपालले छाएको टहरामा बस्दै आएका बादी घरपरिवारलाई नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) ले सहयोग गरेपछि बादी परिवारमा खुशी छाएको थियो । एक वर्ष अघि एक गैरसरकारी संस्थाले दिएको त्रिपाल घाम पानीले च्यात्तिएको कारण वर्षाको पानी घर भित्र पस्दा उनिहरुलाई निकै सास्ती खेप्दै आएका थिए । आफुहरुलाई त्रिपाल, ब्लेङकट, साबुन, तौलिया, झुल, भाडाकुडा, कपडा लगाएत सामग्री सहयोग गरेका भन्दै रेशम बादीले नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) का कार्यकारी निर्देशक अशोक बिक्रम जैरुलाई धन्यबाद दिएका छन् ।
‘हामी बिपन्न घरपरिवार समस्या झेल्दै आएको बेला सहयोग सामग्री दिएकोमा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) धन्यबाद छ्’ रेशम बादीले भने । बिपन्न बादी घरपरिवारलाई नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) ले सहयोग गरेको भन्दै दोधारा चाँदनी नगरपालिकाका उपमेयर गंगा जोशीले समेत धन्यबाद दिदै आगामी दिनहरुमा समेत सहयोगको अपेक्षा राखेको बताएका छन् ।
दोधारा चाँदनी नगरपालिका वडा नं. १० मा बाढीको समयमा पनि नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) को अतुलनिय सहयोग रहेको उपमेयर जोशीले बताए । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) का कार्यकारी निर्देशक अशोक बिक्रम जैरुले दोधारा चाँदनी नगरपालिका कार्यालय संग सहकार्य गरि आगामी दिनहरुमा बिभिन्न कार्यक्रम संचालन गर्न आफुहरु तयार रहेको बताएका छन् ।
बादी घरपरिवारको जिविकापार्जन गर्न के गर्न सकिन्छ भन्ने बिषयमा आफुहरु गम्भिर रहेको बताउदै लोपउन्मुख अवस्थामा रहेको बादी परिवावारको कला, संस्कृती तथा सिपलाई बचाई राख्न सबैको दायित्व रहेको कार्यकारी निर्देशक जैरुले बताएका छन् ।
दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले बिपन्न तथा गरिब परिवारलाई सहयोग गरेकोमा एनएनएसडब्लुए लाई बिशेष धन्यबाद दिदै आगामी दिनहरुमा समेत दोधारा चाँदनी नगरपालिका, संस्था संग सहकार्य गर्न उत्साहित रहेको बताएका छन् ।
सहयोग सामग्री हस्तान्तरण कार्यक्रममा स्थानिय र गणेश आधाभुत बिद्यालयले नवनिर्वाचित जनप्रतिनिधीहरुलाई कार्यकालको बधाई तथा बस्तीमा स्वागत गरेको थिए । कार्यक्रम संचालन नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) का गणेश ठगुन्नाले गरेका थिए । हस्तान्तरण कार्यक्रम सम्पन्न पछि मेयर, उपमेयर तथा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) को टोलीले बादी बस्तीको अनुगमन समेत गरेका थियो ।
प्रतिक्रिया