माधव नेपाल भन्छन्,‘निर्वाचनअघि कुनै पार्टीसँग एकता गर्ने पक्षमा छैनौं’

माधव नेपाल भन्छन्,‘निर्वाचनअघि कुनै पार्टीसँग एकता गर्ने पक्षमा छैनौं’

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले निर्वाचनअघि कुनै पार्टीसँग एकता नहुने बताएका छन्।

केही दिनअघि नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रबीच एकता हुने खबर बाहिरएको सन्दर्भमा नेता नेपालले यस्तो बताएका हुन्।

धनगढीमा सोमबार बिहान पत्रकारसँग कुरा गर्दै अध्यक्ष नेपालले अहिले कुनै पार्टीसँग पनि एकता नगरिने बरु आउँदो प्रदेशसभा र संघीय संसद्का लागि पार्टी संगठनलाई विस्तार गरिने जानकारी दिए।

‘निर्वाचनअघि नेकपा एसको कुनै पनि पार्टीसँग एकता हुँदैन,’ अध्यक्ष नेपालले भने।

उनले अहिले कुनै पार्टीसँग एकता गर्नेतिरभन्दा पनि एकीकृत समाजवादीले संगठन विस्तारलगायतमा ध्यान दिइरहेको बताए। 

नेता नेपालले सुदूरपश्चिम सरकार एकीकृत समाजवादीको नेतृत्वमा बन्न सक्ने धारणा व्यक्त गरे।

प्रदेशसभामा एकीकृत समाजवादी ठूलो दल रहेकाले सरकार बन्नु स्वाभाविक भएको उनको भनाइ छ। ‘हाम्रो एक्लो शक्तिले मात्र नेतृत्व गर्न सम्भव छैन। अरूको सहयोग पाउनेबित्तिकै हाम्रो सरकार बन्छ’, उनले भने।

Recent Comments

No comments to show.