काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संवैधानिक परिषद् सम्बन्धी विधेयक फिर्ता हुने बताएका छन्।
सोमबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले विधेयक फिर्ता लिने प्रधानमन्त्री शेरबहादुर देउवाले भनिसकेको बताए।
राष्ट्रिय सभामा दर्ता भएको संवैधानिक परिषद् सम्बन्धी विधेयक आज–भोलि नै फिर्ता हुने उनको भनाइ छ।
प्रधानमन्त्री शेरबहादुर देउवाले गत बुधबार विधेयक राष्ट्रिय सभामा पेस गरेका थिए। तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा ल्याइएको अध्यादेशसँग मिल्दोजुल्दो प्रावधान राखेर विधेयक ल्याएपछि सरकारको आलोचना भइरहेको छ।
प्रतिक्रिया