काठमाडौं । पहिरोका कारण मध्यपहाडी लोकमार्गको बागलुङ–घोडाबाँधे सडक अवरूद्ध भएको छ ।
बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकाको सिमाना नजिकै बोक्सेको खाल्टोमा पहिरो खसेपछि का कारण सो सडकखण्ड अवरुद्ध भएको हो ।
सडक अवरुद्ध हुँदा लोकमार्ग भएर चल्ने लामो तथा छोटो दूरीका सवारीसाधन बाटोमै अलपत्र परेका छन् । पहिरोसँगै ठूला रूख सडकमा खसेकाले सडक खुलाउन थप कठिन भइरहेको छ । मंगलबार बिहानैदेखि सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
जिल्लाको दक्षिण जोड्ने बागलुङ कुश्मीशेरा सडक पहिराका कारण अवरुद्ध भएको रानाले जानकारी दिए । बागलुङ नगरपालिका–१० दव्ल्याङमा पहिरो खसेका कारण सडक अवरुद्ध भएको हो । बागलुङ नगरपालिका, जिल्ला प्रशासन कार्यालय, प्रहरी र सम्बन्धित कार्यालयको पहलमा सडक सञ्चालन गर्ने प्रयास भइरहेको छ ।
प्रतिक्रिया