अर्थमन्त्रीले राजीनामा दिनुपर्छ, नभए प्रधानमन्त्रीले हटाउनुपर्छ : गगन थापा

अर्थमन्त्रीले राजीनामा दिनुपर्छ, नभए प्रधानमन्त्रीले हटाउनुपर्छ : गगन थापा

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिनुपर्ने बताएका छन्। 

सोमबार प्रतिनिधिसभाको बैठकबाट बाहिरिँदै सञ्चारकर्मीलाई जवाफ दिनेक्रममा थापाले अर्थमन्त्रीले राजीनामा नदिए प्रधानमन्त्रीले हटाउनुपर्ने बताएका हुन्। 

‘अर्थमन्त्रीका सम्बन्धमा सदनमै गम्भीर प्रश्न उठिसक्यो। सडकदेखि सदनसम्म प्रश्न उठेको मात्र होइन करका दर हेरफेरदेखि बजेट निर्माणको बेला अनधिकृत व्यक्तिको प्रवेशको विषयमा आरोप लागेको छ। यो निकै गम्भीर कुरा हो। प्रधानमन्त्रीले यसमा एक्सन लिनुपर्छ’ उनले भने,’यसलाई मानवीय त्रुटी भयो भनेर छोडिदियो भने यो एउटा गलत नजिरका रुपमा बस्छ। अथवा यो विषयको छानबिन नै नभइ गयो भने नभएको कुरामा पनि गम्भीर आरोप लाग्ने भयो। त्यसैले के हो यसको निष्पक्ष छानबिन हुनुपर्छ।’ 

Recent Comments

No comments to show.