नेपाल वायुसेवा निगममा पदपूर्तिका लागि लिइएका लिखित परीक्षा रद्द (सूचनासहित)

नेपाल वायुसेवा निगममा पदपूर्तिका लागि लिइएका लिखित परीक्षा रद्द (सूचनासहित)

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल वायुसेवा निगमले लिएका परीक्षा रद्ध गरेको छ । निगमको मानव संसाधन विभागले सार्वजनिक सूचना जारी गर्दै परीक्षा सञ्चालन भई नतिजा प्रकाशन हुन बाँकी लिखित परीक्षाहरू रद्ध गरिएको निगमले जनाएको छ ।

सर्वोच्च अदालतको फैसला तथा लोक सेवा आयोगको मिति २०७९/०२/२६ गतेको निर्णय बमोजिम निगमको पदपूर्ति समितिको बैठकले आ.व. २०७५/७६ का लागि आह्वान गरिएका विज्ञापन नं. १०–१२/२०७५/७६ का विज्ञापनहरूको लोक सेवा आयोगद्वारा परीक्षा सञ्चालन भई नतिजा प्रकाशन हुन बाँकी लिखित परीक्षाहरू रद्ध गरिएको निगमले जनाएको छ ।

आर्थिक वर्ष ०७६/७७ का लागि मिति २०७६/११/०२ मा निगमले प्रकाशित गरेका विज्ञापनहरूमध्ये खुलातर्फ विज्ञापन नं. ०१–१८/०७६/७७ तथा आन्तरिक तर्फका विज्ञापन नं. २०१–२२५/०७६/७७ का विज्ञापनसमेत रद्द गर्ने निर्णय भएको निगमको सूचनामा उल्लेख छ ।

Recent Comments

No comments to show.