उच्च अंकले बढ्यो नेप्से, ३५ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

उच्च अंकले बढ्यो नेप्से, ३५ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

Actpro

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पूँजी बजार तथा सेयर बजारको स्थायित्व र सुधारका लागि अनशनमा बसेका तिलक कोइराला र नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालबीच भएको सहमतिको प्रभाव शेयर बजारमा परेको छ ।

अनशन तोड्नुअघि पूँजीबजार सुधार संघर्ष समितिका संयोजकसमेत रहेका कोइराला र सेबोन अध्यक्ष हमालबीच शुक्रवार १९ बुँदे माग पूरा गर्ने प्रतिबद्धतापत्रमा हस्ताक्षर भएको थियो।

उक्त प्रभावले आइतबार शेयर बजारमा उछाल आएको छ । कारोबार शुरु भएदेखि नै उकालो लागेको शेयर बजार मापक सूचक (नेप्से) ९४.९२ अंकले बढेर १९५६.९८ विन्दुमा पुगेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आइतवार २३० कम्पनीको २ अर्ब १९ करोड ६१ लाख ४१ हजार ८४८ रुपैयाँ बराबरको ६३ लाख ६३ हजार ५९० कित्ता शेयर किनबेच भएका छन् ।

आज कारोबारमा आएका १३ समूहमध्ये हरियो भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको छ । सबैभन्दा धेरै मूल्य बढ्नेमा विकास बैकको समूह रहेको छ ।

नेप्सेका अनुसार आज ३५ कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । यसमध्ये २१ कम्पनीको शेयरमूल्यमा १० प्रतिशतले वृद्धि भएको छ । अन्य कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ ।

नेप्सेका अनुसार नेपाल इन्भेष्टमेन्ट बैंकको डिभेञ्चरका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य २ प्रतिशत भन्दा बढीले घटेको छ ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कुमारी बैंकको भएको छ । यस कम्पनीको आज ८ करोड ६४ लाख भन्दा बढीको कारोबार भएको छ ।

Recent Comments

No comments to show.