ओलीले नियुक्त गरेका ५२ जना संवैधानिक निकायका पदाधिकारीविरुद्धको सुनुवाइ आजदेखि

ओलीले नियुक्त गरेका ५२ जना संवैधानिक निकायका पदाधिकारीविरुद्धको सुनुवाइ आजदेखि

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । अध्यादेशमार्फत संवैधानिक निकायको गरिएको नियुक्तिविरुद्ध परेको रिटको सुनुवाई आजदेखि संवैधानिक इजलासमा शुरू हुँदैछ ।

संवैधानिक परिषद् सम्बन्धी कानुन अध्यादेशमार्फत संशोधन गरेर संसदीय सुनुवाइबिनै केपी शर्मा ओलीले नियुक्त गरेका ५२ पदाधिकारीविरुद्ध परेको रिटको सुनुवाई आजदेखि अन्तरिम इजलासमा शुरू हुन लागेको हो ।

रिटको सुनुवाइका लागि कामु प्रधानन्यायाधी दीपककुमार कार्कीले आफूसहित हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा र अनिलकुमार सिन्हा रहेको इजलास गठन गरेका छन् ।

ओलीले अध्यादेशमार्फत २०७७ माघ २१ गते ३२ जना र २०७८ असार १० गते नियुक्त गरेका २० जना गरी कूल ५२ जना संवैधानिक निकायका पदाधिकारीहरूलाई नियुक्त गरेका थिए ।

Recent Comments

No comments to show.