जेठ महिनामा मात्रै ६२ हजारभन्दा धेरैले लिए विदेश जान श्रम स्वीकृति,२१ हजार धेरै श्रमिक सीपविहीन

जेठ महिनामा मात्रै ६२ हजारभन्दा धेरैले लिए विदेश जान श्रम स्वीकृति,२१ हजार धेरै श्रमिक सीपविहीन

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  रोजगारीका लागि विदेशिनको संख्या बढ्दो क्रममा रहेको छ । देशमा रोजगारीका अवसर नहुँदा युवाहरु विदेश पलायन हुने क्रम बढेको हो ।

वैदेशिक रोजगार बिभागको तथ्यांक अनुसार वैदेशिक रोजगारीमा जान जेठ महिनामा ६२ हजारभन्दा बढीले वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिएका छन् ।

वैदेशिक रोजगार विभागको तथ्याङक अनुसार चालु आर्थिक वर्षको जेठ महिनामा ६२ हजार ३४९ जनाले पहिलो श्रम स्वीकृति लिएका हुन् ।

विभागका अनुसार ५६ हजार ५७७ जना पुरुष र ५ हजार ७७२ जना महिलाले युरोप र खाडी मुलुकमा जानका लागि पहिलो श्रम स्वीकृति लिएका हुन् ।

श्रम स्वीकृति लिएका कामदारहरुमा दक्ष, अर्धदक्ष, पेशागत, सिप भएका र सीप नभएका कामदारहरुको संख्या रहेको छ ।

वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएकाहरुमा दक्ष कामदारको संख्या ८, पेशागत कामदारको संख्या ४८, अर्धदक्ष कामदारको संख्या ५ हजार १८५ सीपयुक्त कामदारको संख्या ३८ हजार ८०१ र सीप नभएका कामदारहरुको संख्या २१ हजार ३०७ रहेको तथ्याङकमा उल्लेख छ ।

जेठ महिनामा संस्थागतरूपमा साउदी अरबमा ६ हजार २ सय ७७ जनाको श्रम स्वीकृति भएको छ । साउदी अरब पछि कतार जानेको श्रम स्वीकृति धेरै भएको छ । कतार जान ४ हजार ७ सय ७३ जनाले श्रम स्वीकृति लिएका छन् । यूएई जान ३ हजार ५ सय ८२ जनाले श्रम स्वीकृति लिएका छन् ।

जेठमा वैदेशिक रोजगारीका लागि कुवेत जान श्रम स्वीकृति लिनेको संख्या पनि उल्लेख्य मात्रामा बढेको छ । जेठमा कुवेत जान ४ हजार ९१ जनाको श्रम स्वीकृति भएको छ । अघिल्लो महिनामा जस्तै रोमानिया जाने क्रम जेठमा पनि देखिएको छ । रोमानियाका लागि १ हजार ४ सय ८८ जनाले श्रम स्वीकृति लिएका छन् ।

जेठमा बेलायतका लागि १६, बहराइनका लागि ५ सय २४ जना, ब्रुनाईका लागि १ सय १६, साईप्रसका लागि ३ सय ३३, ओमानका लागि १ सय ८६ र जोर्डनका लागि ९९ जनाले संस्थागत अर्थात म्यानपावर कम्पनीमार्फत श्रम स्वीकृति लिएका छन् ।

यस्तै जेठ महिनामा अल्वानियाका लागि ४३, जापानका लागि १ सय ६८, माल्दिभ्सका लागि १२, मरिससका लागि ६ र सिसेल्सका लागि ५९ जनाले श्रम स्वीकृति लिएका छन् । पुनः श्रम स्वीकृति लिएर जानेमा यूएई, कतार र साउदी अरेबिया अग्रस्थानमा रहेका छन् ।

Recent Comments

No comments to show.