देशलाई सफल बनाउने अभियानमा लागेको छु : वरिष्ठ नेता पौडेल

देशलाई सफल बनाउने अभियानमा लागेको छु : वरिष्ठ नेता पौडेल

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दमौली ।  नेपाली कांग्रेसका वरिष्ठ नेता एवं उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक रामचन्द्र पौडेलले देशलाई सफल बनाउने अभियानमा आफू लागिपरेको बताएका छन्। 

जिल्लाका सञ्चारकर्मीसँग आज निवासमै कुराकानी गर्दै पौडेलले देशलाई सफल र समृद्ध बनाउने एक मात्र लक्ष्य रहेको उल्लेख गरे। 

देशलाई असफल बनाउने षड्यन्त्र भइरहेको बताउँदै पौडेलले भने, ‘देशलाई असफल बनाएर अस्थिरतातर्फ लैजाने प्रयासलाई परास्त गर्नेतर्फ हामी सबै लाग्नुपर्छ, म त्यही अभियानमा निरन्तर लागिरहेको छु।’

Recent Comments

No comments to show.