२५ अर्बको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक, दिउँसो ३ बजे बोलकबोल

२५ अर्बको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक, दिउँसो ३ बजे बोलकबोल

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज ( सोमबार ) २५ अर्ब ५३ कराेड रुपैयाँ बराबरको  ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले एक सूचनामार्फत बोलकबोलका माध्यमबाट उक्त ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।

बैंकले २८ दिनकाे अवधिकाे लागि ५  अर्ब रूपैयाँ बराबरकाे ट्रेजरी बिल बिक्री गर्न लागेकाे हाे । उक्त ट्रेजरी बिल श्रावण ३ गते परिपक्क हुनेछ । बैंकले ९१ दिनकाे अवधिकाे लागि ५ अर्ब ५३ कराेड रूपैयाँ बराबरकाे ट्रेजरी बिल बिक्री गर्न लागेकाे हाे ।

उक्त ट्रेजरी बिल असाेज ४ गते परिपक्क हुनेछ । यस्तै, बैंकले १८२ दिनकाे अवधिकाे लागि १० अर्ब रूपैयाँ बराबरकाे ट्रेजरी बिल बिक्री गर्न लागेकाे हाे । उक्त ट्रेजरी बिल पाैष ५ गते परिपक्क हुनेछ । त्यस्तै, बैंकले ३६४ दिनकाे अवधिकाे लागि ५ अर्ब रूपैयाँ बराबरकाे ट्रेजरी बिल बिक्री गर्न लागेकाे हाे । उक्त ट्रेजरी बिल वि.सं २०८० साल असार ५ गते परिपक्क हुनेछ ।

राष्ट्र बैंकका अनुसार याे ट्रेजरी बिल भाेलि (असार ६ गते, साेमबार) दिउँसो ३ बजे बोलकबाेल भएर पर्सी असार ३ गते, मंगलबार बिक्री हुनेछ ।

ट्रेजरी बिलकाे बारेमा अन्य विवरण यस प्रकारकाे छ :


Recent Comments

No comments to show.