दिनदुखीका लागि सामाजिक संस्थाको महत्वपूर्ण भूमिका छ : मन्त्रीपरिषद्का पूर्वअध्यक्ष रेग्मी

दिनदुखीका लागि सामाजिक संस्थाको महत्वपूर्ण भूमिका छ : मन्त्रीपरिषद्का पूर्वअध्यक्ष रेग्मी

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । मन्त्रीपरिषद्का पूर्व अध्यक्ष खिलाराज रेग्मीले समाजसेवामा सामाजिक सङ्घसंस्थाको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । 

फोकस नेपालले शनिबार साँझ आयोजना गरेको  ‘समुन्नत नेपाल निर्माणमा सामाजिक सङ्घसंस्थाको भूमिका’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दैै उहाँले समाजको सेवामा सामाजिक सङ्घसंस्थाको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको हो । 

“मानव सेवा र समाजसेवा गर्न सजिलो छैन, यसका लागि भित्री मनबाट नै इच्छाशक्ति हुनुपर्दछ, समाजसेवामा लाग्न  ठूलो मन चाहिन्छ,”– उहाँले भन्नुभयो । उहाँले समाजभित्र देखिने विकृति, विसङ्गती, भ्रष्टाचार अन्त्यका लागि सङ्घसंस्थाले राज्यलाई घचघच्याउनुपर्ने बताउनुभयो । 

पूर्व अर्थमन्त्री तथा साहित्यकार शङ्करप्रसाद कोइरालाले सरकार नपुगेको दुर्गम ठाउँमा सामाजिक सङ्घसंस्था पुग्ने गरेको बताउँदै समाज विकासका लागि सामाजिक संस्थाको ठूलो भूमिका रहेको बताउनुभयो । सामाजिक सङ्घ संस्थाले सङ्गठित नागरिकको भूमिका खेलेको उहाँको भनाई थियो । 

फोकस नेपालका अध्यक्ष रामचन्द्र पोखरेलले सरकार र नागरिकबीचको सम्बन्धलाई सामाजिक सङ्घसंस्थाले नजिक बनाएको बताउनुभयो । सोही अवसरमा सामाजिक सेवामार्फत उत्कृष्ट कार्य गर्ने व्यक्ति तथा संस्थालाई सम्मान गर्नुका साथै सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको थियो ।

Recent Comments

No comments to show.