एमाले नेताले एसपीपीमा पत्र पठाएको बिर्सिने औषधि खाए: माधवकुमार नेपाल

एमाले नेताले एसपीपीमा पत्र पठाएको बिर्सिने औषधि खाए: माधवकुमार नेपाल

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं  । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अमेरिकी स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी)मा पत्र पठाएको विषय नेकपा (एमाले)का नेताहरूले बिर्से जस्तो गरेको आरोप लगाएका छन्।

काठमाडौंमा सम्पादकहरूसँग छलफल गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन्।  “एसपीपीबारे संसद्‌मा जसले आवाज उठाएका थिए, जोडदार रूपमा हङ्गामा गरेका थिए, त्यही पार्टी जोडिएको कुरा आएको छ,” नेपालले भने, “ती सबैले बिर्से, बिर्सिने औषधि खाए। या त कुरा लुकाइयो।”

एसपीपीबारे सत्यतथ्य बाहिर ल्याउनुपर्ने उनको भनाइ थियो। यसका लागि शनिबार बिहान नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरेको नेपालले बताए।

यस विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाससँग छलफल गर्ने बताउँदै नेपालले भने, “सत्यतथ्य जनताका माझमा प्रस्तुत गरौं भन्ने कुरा भएको छ।”

अमेरिकी सहायता परियोजना एमसीसीलाई पनि बुद्धिमत्‍तापूर्वक संसद्बाट पारित गरिएको नेपालको भनाइ थियो। एमसीसी पारित नगरेको भए आफ्नो पार्टी अप्ठ्यारोमा पर्ने अवस्था आएको उनले बताए।

“एमसीसीलाई बुद्धिमत्ताका साथ व्याख्यात्मक टिप्पणी सहित संसद्बाट पारित नगरेको भए नेपाल र हाम्रो पार्टी, नेपालको राजनीति निकै अप्ठ्यारो अवस्थामा पुग्ने थियो,” नेपालले भने, “बुद्धिमताका साथ पारित गर्‍यौं।

उनले एमसीसी मात्रै भनेर नपुग्ने बताए। त्यससँगै संसद्बाट पारित भएको व्याख्यात्मक टिप्पणी पनि बुझ्नुपर्ने उनको भनाइ थियो।

Recent Comments

No comments to show.