मङ्सिर पहिलो हप्तासम्म संघ र प्रदेशको निर्वाचन गर्ने आयोगको तयारी

मङ्सिर पहिलो हप्तासम्म संघ र प्रदेशको निर्वाचन गर्ने आयोगको तयारी

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  निर्वाचन आयोगले आउँदो मङ्सिर पहिलो हप्तासम्म सङ्घीय र प्रदेश सभा चुनाव गर्ने गरी तयारी थालेको छ ।

मङ्गलवार पत्रकार सम्मेलनमा बोल्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सङ्घीय र प्रदेश सभाको चुनाव आउँदो मङ्सिर पहिलो हप्तासम्म गर्ने गरेर आन्तरिक तयारी थालेको जानकारी दिएका हुन् । आयोगले निर्वाचन कानुनअनुसार दिएको परामर्शमा सरकारले चुनावको मिति घोषणा गर्ने भएकोले आयोगले आन्तरिक तयारी गरिरहेको पनि उनले स्पष्ट पारे ।

उनले आयोग एकै चरणमा चुनाव हुनुपर्छ भन्नेमा रहेको समेत बताए । यस्तै आयोगले सङ्घीय र प्रदेश सभा चुनावलाई मध्यनजर गरी असार १ गतेदेखि मतदाता नामावली सङ्कलन र अद्यावधिक गर्ने कार्यक्रम सुरु गर्ने भएको छ ।

प्रवक्ता पौडेलले असार १ गतेदेखि सबै निर्वाचन कार्यालय र सबै जिल्ला प्रशासन कार्यालय एवम् ७३ वटा इलाका प्रशासन कार्यालयबाट मतदाता नामावली सङ्कलन र अद्यावधिक गर्ने कार्यक्रम सुरु गर्न लागेको जानकारी दिदैं अहिले अस्थायी बसोवास गरिरहेकै जिल्लाको निर्वाचन कार्यालय गइ मतदाता नामावली दर्ता गर्न सकिने पनि उल्लेख बताए ।

यस्तै मतदाता नामावलीमा रहेको आफ्नो नाम, ठेगाना, जन्ममिति लगायतका विवरण सच्याउनलाई प्रमाणसहित निवेदन दिएमा आवश्यक निर्णय गरी त्रुटि सच्याउन पनि सकिनेछ । 

Recent Comments

No comments to show.