किसानलाई यसै वर्षबाट पेन्सन दिन्छाैँ : मन्त्री यादव

किसानलाई यसै वर्षबाट पेन्सन दिन्छाैँ : मन्त्री यादव

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले यसै वर्षबाट किसानलाई पेन्सन दिने भएको छ । मंगलबार प्रतिनिधिसभाको बैठकमा कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्रराय यादवले यसै वर्षबाट किसानलाई पेन्सन दिन सुरु गरिने जानकारी दिएका हुन् ।

मन्त्रालयगत छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री यादवले यसै वर्षबाट किसानलाई पेन्सन दिन थालिने बताएका हुन् । यसका लागि किसानले आफ्नो उत्पादनको केही छुट्याउनुपर्ने र यसमा सरकारले १० प्रतिशत थप्ने मन्त्री यादवको भनाइ छ ।

किसानलाई पेन्सन दिनका लागि कार्यविधि बनाउने बताएका उनले वर्गीकरण गरेर पेन्सन दिन सुरुवात गरिने जानकारी दिए । आर्थिक वर्ष २०७९/०८० को बजेटमा किसानलाई पेन्सन दिने कार्यक्रम समावेश गरिएको छ ।

Recent Comments

No comments to show.