दुई महिनामा विपद्का घटनामा ६५ जनाको मृत्यु, ५० करोड बढीको क्षति

दुई महिनामा विपद्का घटनामा ६५ जनाको मृत्यु, ५० करोड बढीको क्षति

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालमा प्राकृतिक विपद्का घटना बढिरहेका छन् । मुलुकभर वैशाखयता प्राकृतिक विपद्का घटनाबाट धेरै मानिसले ज्यान गुमाएका छन्।

विशेषगरी चट्याङ्ग र आगलागीका कारण अकल्पनीय क्षति भएको छ। वैशाखदेखि जेठ ३० गतेसम्म विपद्जन्य घटनामा परेर ६५ जनाले ज्यान गुमाएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

१६७ जना घाइते भएका छन् भने १ जना बेपत्ता भएका छन् ।

बढी मात्रामा चट्याङ्ग र आगलागीबाट धेरै मानिसले ज्यान मात्र गुमाएका छैनन्, भौतिक क्षति पनि उत्तिकै भएको छ।

देशभर ५० करोड ९५ लाख ५३ हजार४६० रुपैयाँ बराबरको क्षति भएको छ । ४९० परिवार प्रभावित भएका छन् ।

यस अवधिमा चट्याङ्गबाट २६ जना, आगलागीबाट १४, जनावर आतंकबाट ८ जना, सर्पदशंबाट ३ र हावाहुरीका कारण ८ जनाको ज्यान गएको गृह मन्त्रालयले जनाएको छ । पहिरोमा ६ जनाको ज्यान गएको छ ।

Recent Comments

No comments to show.