भारतमा कोरोना संक्रमितको संख्या ४२ हजार नाघ्यो, एकै दिन थपिए २८ सय ६ जना संक्रमित

भारतमा कोरोना संक्रमितको संख्या ४२ हजार नाघ्यो, एकै दिन थपिए २८ सय ६ जना संक्रमित

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भारतमा कोरोना संक्रमितको संख्या ४२ हजार नाघेको छ ।

आइतबार एकै दिन भारतमा २८ सय ६ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या ४२ हजार ५ सय ५ पुगेको हो । यो भारतमा एकै दिन देखा परेको अहिलेसम्मकै उच्च संख्या हो।

कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १३ सय ९१ पुगेको वर्ल्डओमिटरले जनाएको छ।

भारतमा अहिलेसम्म संक्रमितको संख्या छ। संक्रमितमध्ये ११ हजारभन्दा धेरै उपचारपछि ठिक भएका छन्।

भारतमा सबैभन्दा बढी संक्रमित महाराष्ट्रमा छन्। त्यसपछि गुजरात र नयाँ दिल्लीमा संक्रमितको संख्या बढी छ।

Recent Comments

No comments to show.