मंसिर पहिलो साता चुनाव हुने सम्भावना छ : प्रचण्ड

मंसिर पहिलो साता चुनाव हुने सम्भावना छ : प्रचण्ड

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सत्ता साझेदार दल नेकपा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंसिर पहिलो हप्ता प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव हुने बताएका छन्। 

बर्दियामा सोमबार आयोजित पार्टीको कार्यक्रममा उनले सरकारमा रहेका दल र प्रमुख प्रतिपक्षी एमालेसँग पनि मंसिरमा चुनाव गर्नेबारे समझदारी बनेको बताए। 

कात्तिक अन्तिम हप्ता वा मंसिर पहिलो हप्ता चुनाव गर्ने भन्नेबारे छलफल भएको र मंसिरमा निर्वाचन गर्ने समझदारी भएको दाहालको भनाइ छ। उनले भने, ‘अब देश प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गएको छ। गठबन्धनभित्र कुराकानी गर्दा र प्रतिपक्षीको कुरा सुन्दा मंसिर पहिलो हप्ता वा कात्तिक अन्तिम साता चुनाव गर्ने भन्ने छ। चुनाव मंसिर पहिलो हप्ता हुने बढी सम्भावना छ।’

दाहालले एकै चरणमा निर्वाचन गर्ने कि दुई चरणमा भन्नेबारे निर्णय भइनसकेको तर एकै चरणमा चुनाव हुने सम्भावना बढी रहेको बताए। ‘एक चरणमा गर्ने कि दुईमा भन्ने कुरा पनि छ। स्थानीय तहको निर्वाचन एकैपटक सम्पन्न भएको अवस्थामा प्रदेश र संघको एकैचोटी गर्ने कि भन्ने छलफल छ। सुरक्षाका हिसाबले दुई चरणमा गर्ने कि भन्ने कुरा पनि आएको छ। जे भए पनि मंसिरमा नै चुनाव सम्पन्न हुन्छ,’ उनले भने।

Recent Comments

No comments to show.