बुद्ध जन्मस्थलको विकास गर्दै पर्यटन क्षेत्रसँग जोड्नुपर्छः विष्णु पौडेल

बुद्ध जन्मस्थलको विकास गर्दै पर्यटन क्षेत्रसँग जोड्नुपर्छः विष्णु पौडेल

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भैरहवा । नेकपा एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेलले गौतम बुद्धको जन्म स्थलको विकास गर्दै पर्यटन क्षेत्रसँग जोड्नुपर्ने बताएका छन् ।

पद्म चैत्य बिहारको १ सय ८ औं स्थापना दिवस तथा नवनिर्मित तुलसी युक्त धम्म भवनको आइतबार समुद्घाटन गर्दै उनले देशको आर्थिक समृद्धि पर्यटन र कृषिको आधुनिकरणबाट सम्भव रहेको बताए ।

बि.सं १९७१ सालमा सिहबीर बज्राचार्य काठमाडौबाट बुटवल आएर बुद्धप्रचार गर्ने सोचका साथ कालोमाटोबाट बद्ध चैत्य स्थापना गरेको भन्ने इतिहास रहेको छ । पुरानो चैत्यलाई वर्षेनी मर्मत गरिदै आएको भएपनि निक्कै पछि मानमुनीले बिहारलाई विधिपुर्वक निर्माण र ढलोटको बुद्धमुर्ती स्थापना गराएका बिहारका संरक्षक बिमल बहादुर शाक्यले बताए । कमलको स्वरुपमा रहेको स्पद्म चैत्य कर्म बिहार नामाकरण भएको उनले बताए । बि.सं. २०५४ सालमा स्थानीय निर्वाचन पछि बिहारलाई थप सौन्दयीकरण गरिएको थियो । 

कार्यक्रममा अध्यक्ष सुरेशरत्न बज्राचार्यले बौद्ध तिर्थयात्रीहरुलाई सेवा दिने  गरि विहारको स्थापना भएको बताए । देशविदेशबाट आउने भिक्षुभिक्षुणी, धर्मभन्तेहरु लुम्बिनी भ्रमणपछि बिहारमा पुजा, दर्शन गर्ने गरेको उनले बताए । 

Recent Comments

No comments to show.