प्रदेश १ र लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम, के-के परे उच्च प्राथमिकतामा (पूर्णपाठ)

प्रदेश १ र लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम, के-के परे उच्च प्राथमिकतामा (पूर्णपाठ)

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं । लुम्बिनी प्रदेश सरकार र प्रदेश १ ले मंगलबार आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

धेरैजसो अहिलेकै कार्यक्रमले निरन्तरता पाएका छन् । केही नारा बदलिए पनि कार्यक्रम उस्तै छन् ।

प्रदेशसभाको बुधबारको बैठकमा प्रदेश प्रमुख अमिक शेरचनले सार्वजनिक गरेको नीति कार्यक्रममा कृषिलाई पहिलो प्राथमिकता दिइएको छ ।

नीति तथा कार्यक्रमममा पुराना योजनालाई निरन्तरता दिइने उल्लेख छ भने अधिकांश साना योजनालाई अघि सारिएको छ। समृद्ध लुम्बिनी आत्मनिर्भर प्रदेश भन्ने संकल्पसहित सार्वजनिक गरिएको नीति तथा कार्यक्रममा कृषि, पर्यटन, शिक्षा, रोजगारीलाई प्राथमिकता दिइएको छ।

प्रदेश प्रमुख शेरचनले प्रदेशको गौरवको आयोजनाका रुपमा प्रादेशिक राजधानी व्यवस्थापन, लुम्बिनी प्रादेशिक अस्पताल, लुम्बिनी प्राविधिक विश्वविद्यालय, रामपुर कपुरकोट जीवराज आश्रित कृष्णसेन इच्छुकमार्गका रुपमा अघि बढाउने उल्लेख गरेका छन्।

Recent Comments

No comments to show.