तीन वटा सवारी ठोक्किँदा एक जनाको मृत्यु

तीन वटा सवारी ठोक्किँदा एक जनाको मृत्यु

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन  । चितवनमा कार, मोटरसाइकल र ट्याङ्कर एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। 

पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ लेवाटारमा काठमाडौंबाट मुग्लिनतर्फ आउँदै गरेको प्रदेश३–०१–०२३च ५०७४ नंको कारलाई सोही दिशाबाट आउँदै गरेको बा७५प ६११६ नंको मोटरसाइकलले मङ्गलबार साँझ ६:४५ बजे ओभरटेक गर्ने क्रममा कारमा ठोक्किँदा विपरीत दिशाबाट आउँदै गरेको ना७ख १३७१ नंको तेलट्याङ्करमा ठक्कर खाँदा मोटरसाइकल चालकको मृत्यु भएको हो । 

मृत्यु हुनेमा गोरखाको सहिद लखन गाउँपालिका–४ का अन्दाजी २२/२३ वर्षीय सन्तोष चेपाङ रहेको र उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

ठक्कर दिने ट्याङ्कर, ट्याङ्कर चालक, कार र कारचालक प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले  जानकारी दिए। शव परीक्षणका लागि भरतपुर सरकारी अस्पताल पठाइएको प्रवक्ता अधिकरीले बताए। – रासस

Recent Comments

No comments to show.