यस्ता छन् आजका मन्त्रिपरिषद् बैठकका निर्णयहरु

यस्ता छन् आजका मन्त्रिपरिषद् बैठकका निर्णयहरु

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको रिक्त कार्यकारी निर्देशक पदमा शरद विक्रम राणालाई नियुक्त गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो । निर्णयहरू पत्रकार सम्मेलन गरि गृहमन्त्री बालकृष्ण खाणले मंगलबार सार्वजनिक गरेका हुन् ।

मन्त्रिपरिषद्को बैठकले तेजाब तथा अन्य घाटक रासायनिक पदार्थको नियमनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई संघीय संसदसमक्ष पेश गर्न स्वीकृतिसमेत प्रदान गरेको छ ।

सशस्त्र प्रहरी नायव महानिरीक्षक चन्द्र प्रकाश गौतमलाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा नियुक्ति गर्ने निर्णय भएको गृहमन्त्री खाणले बताए ।

मन्त्रीपरिषद्को बैठकले प्रहरी नायब महानिरीक्षकहरु उत्तमराज सुवेदी, अरुण कुमार बिसी, दिवेश लोहनी, मुकुन्द राज आचार्य र पुजा सिंहलाई प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा नियुक्ति गर्ने निर्णयसमेत गरेको छ ।

गरिबी निवारण कोष सञ्चालक समितिको उपाध्यक्षको राजीनामा मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ । बैठकले नेपाल वायुसेवा निगमका महाप्रबन्धक तथा सञ्चालक सदस्य डिमप्रसाद पौडेललाई पदबाट हटाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्ले विभिन्न २२ निर्णयहरू गरेकाे छ । जुन यसप्रकारका छन् ।

Recent Comments

No comments to show.