ट्राफिक सचेतनासम्बन्धि सन्देशप्रधान गीत ‘रातो बत्ती, हरियो बत्ती’ सार्वजनिक !

ट्राफिक सचेतनासम्बन्धि सन्देशप्रधान गीत ‘रातो बत्ती, हरियो बत्ती’ सार्वजनिक !

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  प्रहरी निरीक्षक नरेश शाहीको ट्राफिक सचेतनासम्बन्धि सन्देशप्रधान  गीत ‘रातो बत्ती, हरियो बत्ती’ भिडियोसहित सार्वजनिक भएको छ । 

प्रहरी निरीक्षक शाहीकै शब्द एवम् स्वरमा सजिएको सो भिडियो गत बिहिवार प्रिन्सेस एन्जलको अफिसियल च्यालनमार्फत सार्वजनिक गरिएको हो । 

ट्राफिक सचेतनासम्बन्धि रहेको उक्त गीतले समाजमा ट्राफिक जनचेतना जगाउनुका साथै सकारात्मक परिवर्तनमा ल्याउन महत्वपूर्ण टेवा पुर्‍याउने शाहीको विश्वास छ ।

गीतमा शाहीलाई को–सिंगरको रुपमा प्रिन्सेस एन्जलले साथ दिएकी छन् भने, भिडियोमा गायक गायिका दुवैको अभिनय देख्न सकिन्छ । विपीन आचार्यको एरेन्ज तथा मिक्सिङ रहेको गीतको रेकर्डिङ्ग निरज ओलीले गरेका हुन् ।

यस्तै, सुजन बज्राचार्यको सहायक निर्देशन रहेको उक्त भिडियोको छायांकनमा मोहन कुमारले तथा ईडिटीङ्ग अनिल कुमार महर्जनले साथ दिएका छन् ।

Recent Comments

No comments to show.