लायन्स क्लब अफ काठमाण्डौ फाईन आर्टस्मा नया“ पदाधिकारीहरू निर्वाचित

लायन्स क्लब अफ काठमाण्डौ फाईन आर्टस्मा नया“ पदाधिकारीहरू निर्वाचित

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डौ । शनिवार सन् २०१९ मा लायन्स क्लब्स् ईण्टरनेशनल नेपाल अन्तरगत विशेष हैसियतका साथ स्थापित लायन्स क्लब अफ काठमाण्डौ फाईन आर्टस्को स्थापना पछिको चौथो लायन वर्ष सन् २०२२–२०२३ को लागि पदाधकिारीहरूको निर्वाचनको कार्य सम्पन्न भएको छ । 

निर्वाचनमा वरिष्ठ चित्रकार तथा लेखक लायन नगेन्द्र प्रसाद पौड्याल दोस्रो कार्यकालका निमित्त अध्यक्ष पदमा सर्वसम्मतिका साथ निर्विरोध निर्वाचित हुनुभएको छ । चित्रकार तथा होटल व्यवसायी लायन चिरञ्जिवी भट्ट वहांको पहिलो कार्यकालका रूपमा प्रथम उपाध्यक्ष पदमा सर्वसम्मतिका साथ निर्विरोध निर्वाचित हुनुभएको छ । त्यसैगरी उदयमान चित्रकार लायन कीरण कुमार सिगु दोस्रो कार्यकालका निमित्त द्वित्तिय उपाध्यक्ष पदमा सर्वसम्मतिका साथ निर्विरोध निर्वाचित हुनुभएको छ । उक्त क्लबको महत्वपर्ण क्लव–सचिबको पदमा चित्रकार तथा लेखक लायन दिपक कु“वर दोस्रो कार्यकालका निमित्त सर्वसम्मतिका साथ निर्विरोध निर्वाचित हुनुभएको छ । क्लवमा दोस्रो कार्यकालका निमित्त कोषध्यक्षको पदमा चित्रकार लायन श्रीमति लक्ष्मी मास्के प्रधान तथा सहसचिवको पदमा लायन श्रीमति ज्योति खड्का सर्वसम्मतिका साथ निर्विरोध निर्वाचित हुनुभएको छ ।

उक्त क्लवमा दुई कार्यकारी सदस्यहरूका रूपमा वरिष्ठ मूर्तिकार लायन भुवन थापा तथा चित्रकार लायन श्रीमति किर्ति चन्द सर्वसम्मतिले निर्वाचित हुनुभएको छ । 

त्यसैगरी क्लवलाई आवश्यक रहने कानूनी परामर्शहरू प्रदान गर्न क्लबका सदस्य तथा पूर्व क्लव–सचिव वरिष्ठ चित्रकार तथा अधिबक्ता लायन महेश आचार्यलाई अवैतनिक रहने गरी कानूनी परामर्शदाताका रूपमा भूमिकाबध्द गरिएको छ । निर्वाचित नया“ कार्य समिति नौ सदश्यिय रहेको छ ।

आफ्नो स्थापनाको समय, सन २०१९ मा नेपालमा कोभिडको प्रकोप विद्यमान रहेको र निरन्तर रहेको रहेतापनि क्लवले सामाजिक सेवा सम्बन्धित बृक्षरोपण, लत्ताकपडा वितरण समेतका कतिपय विभिन्न कार्यक्रम सम्पन्न गर्दै गतवर्षसम्ममा एक अनलाईन ललितकला प्रदर्शनीको आयोजनाको कार्य सफलताका साथ सम्पन्न गरेको कुरा क्लवका द्धितियक अध्यक्ष कीरण सिगुले बताउनु भएको छ । क्लवले केही महिना अघिमात्र बुढानिलकण्ठ स्कूलमा एक बालकला कार्यश्ँल्ँँ समेत सम्पन्न गरेको तथा गत महिना मात्र लायन्स क्लब्स् ईण्टरनेशनल नेपालकै इतिहासमा कोषेढुङ्गोका रूपमा प्रथम पटक ललितकला प्रदर्शनीको आयोजना गरी ब्यापक सmलताका साथ प्रदर्शनी सम्पन्न गरिसकेको छ । यस दृष्टिकोणले नेपालको समाज सेवा तथा ललितका क्षेत्रको विकास र प्रबध्दनका तर्फ उक्त क्लवको अभ्यास प्रसंशायोग्य रहेको देखिएको छ ।

क्लबको निर्वाचन सन्दर्भमा निकट माथिल्ला लायन्स क्लबका वरिष्ठ लायन पदाधिकारीहरू समेतको उपस्थिति रहेको थियो । 

Recent Comments

No comments to show.