पेट्रोलियम पदार्थमा कर समायोजन हुने

पेट्रोलियम पदार्थमा कर समायोजन हुने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पेट्रोलियम पदार्थमा लाग्दै आएको कर समायोजन हुने बताएका छन् ।

घोषित बजेटका सम्बन्धमा जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री शर्माले भने ‘हाल लाग्दै आएको पूर्वाधार कर बराबर हामीले समायोजन गर्नेछौं ।’

हाल पूर्वाधार करबापत् पेट्रोलरडिजेलमा प्रतिलिटर १० रूपैयाँ कर लाग्दै आएको छ । सरकारको करका कारण पनि इन्धनको मूल्य उच्च भएका बेला प्रत्यक्ष रूपमा जनजीविकामा असर पार्ने गरेको छ ।

यसअघि मन्त्रिपरिषद बैठकबाट नै पेट्रोलियम पदार्थमा कर समायोजन गर्न स्वीकृत भएको अर्थमन्त्री शर्माले बताए । यस आर्थिक वर्षभित्रै सो कर समायोजन हुने उनले बताए ।

यसअघि नेपाल आयल निगमले सरकारसँग लिटरमा १५ रूपैयाँ कर घटाउन प्रस्ताव गरेको थियो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्दै जाँदा हाल नेपालमा पेट्रोलको मूल्य प्रतिलिटर १८०, डिजेल र मट्टितेलको १६३ रूपैयाँ पुर्‍याइएको छ ।

केही दिनअघि भारत सरकारले पनि कर कटौती गरी इन्धनमा राहत प्रदान गरेको थियो । अत्याधिक करका कारण इन्धनको मूल्य अचाक्ली भएको भन्दै चर्को आलोचना भएपछि सरकारले केही कर घटाउन लागेको हो ।

हाल आईओसीबाट प्रतिलिटर १ सय १७ रूपैयाँ १८ पैसामा खरिद गरेको पेट्रोलमा प्रतिलिटर ६३ रूपैयाँ २३ पैसा, १ सय ३४ रूपैयाँ ५४ पैसामा किनिएको डिजेलमा ४५ रूपैयाँ ९१ पैसा कररशुल्क लाग्ने गरेको छ ।

Recent Comments

No comments to show.