तरकारीको मुल्यमा केही गिरावट ,उपभोक्तालाइ थोरै राहत

तरकारीको मुल्यमा केही गिरावट ,उपभोक्तालाइ थोरै राहत

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कोभिड–१९ को नियन्त्रण तथा रोकथामका लागि सरकारले लकडाउन गरे पश्चात आकासिएको तरकारीको मुल्य सस्तिएको छ ।

लकडाउनको केहि समय प्रतिगोटा ३० रुपैयाँसम्म पर्ने गरेको कागतीको मुल्यप्रतिगोटा १० रुपैयाँमा झरेको छ ।

प्रतिकिलो चार सय रुपैयाँसम्म पुगेको कागतीको मूल्य अहिले २ सय रुपैयाँमा रहेको छ ।

कागती स्वास्थ्यका लागि पनि फइदाजनक र कोरोना भाइरस संक्रमणविरुद्ध रोगप्रतिरोधात्कम क्षमता बढाउनको लागि प्रभावकारी देखिने भन्दै लकडाउन सुरुवाती चरणमा कागतीको मागसँगै मूल्य वृद्धि भएको व्यापारीको दाबी छ ।

त्यस्तै एक समय ५ वर्ष यताकै उच्च मूल्यमा पुगेको प्याज आलुभन्दा सस्तो भएको छ ।

सरकारी स्वामित्वको कालीमाटी फलफुल तथा तरकारी विकास समितीले सार्वजनिक गरेको मूल्य सूचीमा आइतबार प्याज प्रतिकिलो थोकमूल्य २८ रुपैयाँ रहेको छ । रातो आलु प्रतिकिलो ३२ र सेतो २९ रुपैयाँ रहेको छ ।

गतवर्ष मंसिर महिनामा प्याजको थोक मूल्य २ सय रुपैयाँ पुगेको थियो ।

त्यस्तै तरकारीमा प्रयोग हुने गोलभेडाको मूल्य प्रतिकिलो ३० रुपैयाँ रहेको छ ।

अचारको रुपमा प्रयोग हुने कोइरालो भने किलोको १ सय ५० रुपैयाँ रहेको छ । अन्य तरकारीमा बन्द लोकल १०, काउली २०, मुला १५ , भण्टा ३०, बोडी ७०, मटरकोसा ६०, करेला ६०,परवल ६० रुपैयाँ रहेको छ ।

कोरोना भाइरस महामारीको कारण कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले भीडभाड कम गर्न खुद्रा व्यापार बन्द गरी बिहानको समयमा थोक व्यापार गरिरहेको छ।

Recent Comments

No comments to show.