देशभरबाट ३४ हजार ८९० जनप्रतिनिधि निर्वाचित

देशभरबाट ३४ हजार ८९० जनप्रतिनिधि निर्वाचित

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । स्थानीय तह निर्वाचनबाट देशभर ३४ हजार ८९० जनप्रतिनिधि चयन भएका छन्।

निर्वाचन आयोगका अनुसार बिहीबार बिहानसम्म देशभरका ७५३ स्थानीय तहमध्ये ७४९ स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ। चार वटा स्थानीय तहको मात्रै बाँकी छ।

अहिलेसम्म देशभरबाट ३४ हजार ८९० जनप्रतिनिधि चुनिएको आयोगले जनाएको छ। गत ३० वैशाखमा देशभरबाट ३५ हजार २२१ जनप्रतिनिधिका लागि निर्वाचन भएको थियो।

आयोगका अनुसार १३ महिलासहित २८८ मेयर र १२ महिलासहित ४६० गाउँपालिका अध्यक्ष निर्वाचित भएका छन्। त्यस्तै, २८८ उपमेयर र ४६० उपाध्यक्ष चुनिएका छन्।

अहिलेसम्म ६९ महिलासहित ६ हजार ७०४ वडाध्यक्ष निर्वाचित भएका छन्। त्यस्तै, ६ हजार ७०१ महिला सदस्य निर्वाचित भएको आयोगले जनाएको छ।

आयोगको तथ्यांकअनुसार, ६ हजार ५८२ दलित महिला सदस्य निर्वाचित भएका छन्। स्थानीय चुनावबाट १३ हजार ४०७ वडा सदस्य निर्वाचित भएका छन्। जसमा ४४० महिला छन्।

Recent Comments

No comments to show.