अर्थमन्त्री जनार्दन शर्माको गृहनगरमा कांग्रेसका महेन्द्र केसी विजयी

अर्थमन्त्री जनार्दन शर्माको गृहनगरमा कांग्रेसका महेन्द्र केसी विजयी

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माको गृहनगर रूकुम पश्चिमको मुसिकोट नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ ।

नेपाली कांग्रेसका मेयर उम्मेदवार महेन्द्र केसी विजयी भएका हुन्। उनले आफ्ना प्रतिस्पर्धीलाई झिनो मतान्तरले पराजित गर्दै जित हासिल गरेका हुन्  ।

केसीले निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका वसन्तकुमार शर्मालाई १३ मतान्तरले पछि पार्दै विजयी भएका हुन् । केसीले ६ हजार ९१४ मत प्राप्त गर्दा माओवादीका शर्माले ६ हजार ९ सय १ मत प्राप्त गरे ।

केसीले गत स्थानीय तहको निर्वाचनमा पनि कांग्रेसबाट नगर प्रमुखको चुनाव लडेका थिए । उक्त चुनावमा उनी नेकपा माओवादी केन्द्रका देविलाल गौतमसँग १ सय ७४ मतले पराजित भएका थिए ।

त्यस्तै उपमेयरमा भने नेकपा एकीकृत समाजवादीका उम्मेदवार विमलकुमार पुन विजयी भएका छन् । प्रतिस्पर्धी नेकपा एमालेका थलवीर ओलीलाई १ सय ५५ मतले पराजित गर्दै उनी उपमेयरमा विजयी भएका हुन् । पुनले ६ हजार १४० मत पाउँदा ओलीले ५ हजार ९८५ मत पाएका छन् ।

मुसीकोट नगरपालिकामा कांग्रेस र एमालेले चुनावी तालमेल गरेका थिए भने माओवादी केन्द्र र नेकपा एसले पनि गठबन्धन गरेका थिए ।

नगरका १४ वडा मध्ये माओवादी केन्द्रले ८ र कांग्रेसले ६ वटा वडामा जित हासिल गरेका छन् ।

Recent Comments

No comments to show.